योग शिविर

आज मिति २०८१/३/५ गते बुधबार बिहान ७ः००-९ः०० बजेसम्म आनन्दकुटी आश्रम, कमल-२, झापाको संयोजकत्वमा यस प्रदेश प्रमुखको कार्यालय, कोशी प्रदेश, विराटनगरको सभाहलमा आयोजित योग शिविरमा इशा फाउन्डेशनद्वारा प्रशिक्षित हठ योग प्रशिक्षक श्री चन्दा घिमिरेले योगाभ्यास गराउनु भएको थियो । साथै उक्त कार्यक्रममा माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यू, कार्यालयका सचिव छविन्द्र पराजुली, प्रमुख स्वकीय सचिव अमृत बहादुर खापुङ, कार्यालय तथा सचिवालयका कर्मचारी र स्थानीय नागरिकहरु सहभागी हुनु भएको थियो ।

फोटो
pic 1
pic2
pic 3
pic 4