कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोशी प्रदेश मन्त्रिपरिषद्को मिति २०८२/०१/२४ गतेको सिफारिसमा सम्बत् २०८२ साल जेष्ठ ४ गते आइतवार दिनको २:०० बजे कोशी प्रदेश सभाको सभाहल, विराटनगरमा कोशी प्रदेश सभाको सातौं अधिवेशन आह्वान गर्नुभएको छ ।